करियरको नाम (Career Name)
होटल व्यवस्थापक (Hotel Manager)
P
(Primary Potential)
विवरण (Definition)
परिभाषा होटल व्यवसाय (Hospitality Industry) मा संलग्न भएका, होटल व्यवसायमा हुने क्रियाकलापको योजना बनाउने, निर्देशन तथा समन्वय कार्य गर्ने व्यक्तिलाई होटल व्यवस्थापक भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-होटलहरूमा खाना तथा बसोबासको सेवा उपलब्ध गराउन र सोको लागि उचित व्यवस्था मिलाउन आवश्यक योजना बनाई कार्यान्वयन गर्ने
-व्यावसायिक उन्नतिका लागि विज्ञापन तथा बजारीकरण (Marketing) गर्ने
-व्यवसाय सञ्चालनका लागि मितव्ययी तरिका अपनाई आवश्यक बजेटको व्यवस्थापन गर्ने
-व्यवसायको हिसाबकिताबको अभिलेख राख्ने
-व्यवसाय सञ्चालनका लागि दक्ष कामदारहरूको व्यवस्था मिलाउने र कार्य
विभाजन गरी काममा लगाउने
-ग्राहकहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउने र गुनासाहरू भए अविलम्ब स्वीकार गर्ने
-विभिन्न कार्यक्रम/ कार्यशाला सञ्चालनको लागि सेवा उपलब्ध गराउने
-सेवाको नियमित अनुगमन गरी समयानुकूल गुणात्मक सुधार तथा परिमाणमा वृद्धि गर्न पहल गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-पर्यटन क्षेत्रमा बढ्दो माग
-रोजगारीको पर्याप्त अवसर
-जनसम्पर्क बढ्ने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1) विकल्प २ (option 2) विकल्प ३ (Option 3) माध्यमिक शिक्षा परीक्षा माध्यमिक शिक्षा परीक्षा दश जोड दई |
|
क्यारियर पथ (Career Path) |
१. होटल व्यवस्थापनमा १. होटल व्यवस्थापनमा १. होटल व्यवस्थापनमा पाविधिक एसएलसी डिप्लोमा (२ वर्षे) स्नातक (१८ महिना) अथवा डिप्लोमा (२ वर्षे) |
|
कार्य क्षेत्र (Working Area) | विभिन्न साना तथा ठूला होटल, भोजन गृह, चमेना गृह, अतिथि सत्कार गृह,तालीम केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
होटल व्यवस्थापनमा स्नातक, अनि स्नातकोत्तर प्रशिक्षक होटल सञ्चालक होटल व्यवस्थापनमा स्नातकोत्तर उद्यमी विकल्प १को सबै र प्राध्यापक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | २०,०००-३०,००० |