करियरको नाम (Career Name)
मन्टेस्सरी शिक्षक/शिक्षिका (Montessori Teacher)
P
(Primary Potential)
विवरण (Definition)
प्राथमिक तहको शिक्षा लिने उमेरभन्दा मुनिका बालबालिकाहरूको सामाजिक, शारीरिक र बौद्धिक विकासलाई वैकल्पिक खेल विधिको माध्यमबाट बढावा दिने व्यक्ति मन्टेस्सरी शिक्षक/शिक्षिका हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
-अनौपचारिक रूपमा रमाइलोसँग साना बालबालिकाहरूलाई आधारभूत ज्ञानदिन र सीप सिकाउन दैनिक शिक्षण पाठयोजना तयार गर्ने
-आवश्यक शैक्षिक सामगीको विकास गर्ने
-कक्षाकोठाको व्यवस्थापन गर्ने, पाठयक्रम अनुसार विभिन्न विषयका विषयवस्तु रोचक रूपमा प्रस्तुत गर्ने
-बालबालिकाको स्वास्थ्य स्थिति र सामाजिक कार्यमा संलग्नताको अवलोकन गर्ने र अभिभावकहरूलाई जानकारी गराउने
-बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने
महत्व र फाइदाहरू (Importance and advantages)
-स-साना बालबालिकाहरूसँग काम गर्ने अवसर
-रोजगारीको अवसर
-स्वरोजगारमा जान सकिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) माध्यमिक शिक्षा परीक्षा |
|
क्यारियर पथ (Career Path) |
१. मन्टेस्सरीसम्बन्धी तह १ (३९० घण्टा) को तालीम |
|
कार्य क्षेत्र (Working Area) | पूर्वप्राथमिक विद्यालय, बालबालिका गृह, डे केयर सेन्टर |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-प्रशिक्षक -वरिष्ठ मन्टेस्सरी शिक्षक वा शिक्षिका -विद्यालय सञ्चालक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | १५,०००-२०,००० |