करियरको नाम (Career Name)
टूर गाइड (Tour Guide)
L
(Primary Potential)
विवरण (Definition)
टूर गाइड यस्तो व्यक्ति हो जसले पर्यटकहरूलाई सहायता गर्दछन् । आन्तरिक वा विदेशी पर्यटकहरूलाई विविध सांस्कृतिक, ऐतिहासिक र भौगोलिक स्थलहरूबारे जानकारी गराउनुको साथै ती स्थानको तथ्य एवं विशेषता वर्णन गर्ने व्यक्ति टूर गाइड हुन् ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 पर्यटकलाई लोकप्रिय र अद्वितीय संग्रहालय, मन्दिर, भवन र मूर्ति आदिबारे चिनाउने र परिचय गराउने
🞄 धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र, स्थल, स्मारक जस्ता ठाउँहरूको शोध गर्ने, तथ्यहरूको जानकारी दिने र अतिथिको जिज्ञासा र प्रश्नको उत्तर दिने
🞄 पर्यटकहरूको भ्रमण व्यवस्थित र सुरक्षित राख्न योजना बनाउने
🞄 आगन्तुकलाई स्वागत अभिवादन गर्ने
🞄 पर्यटकलाई महत्वपूर्ण जानकारी दिने, सुरक्षा संयन्त्रबारे बताउने, सम्बन्धित नीतिनियमको बारेमा जानकारी राख्ने
महत्व र फाइदाहरू (Importance and advantages)
🞄 नेपाल पर्यटनको ठूलो बजार भएकोले तुरुन्त पेशामा जान सकिने
🞄 विभिन्न अन्तर्राष्ट्रिय व्यक्तिहरूसँग घुलमिल हुने र तिनीहरूको रहनसहन र जीवनशैलीबारे जानकार हुने अवसर
🞄 अन्तर्राष्ट्रिय भाषामा दखल भएमा काम पाउने सम्भावना बढी
🞄 देशको विभिन्न स्थानको भ्रमण गर्ने अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (L))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. दश हप्तादेखि तीन महिनासम्मको टूर गाइडको तालीम (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा नेपाल एकेडमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टबाट) र |
|
कार्य क्षेत्र (Working Area) | ट्राभल/ट्रेकिङ एजेन्सीहरू पर्यटन बोर्ड र सरकारी विभाग |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
🞄 पर्यटक व्यवसायी |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. २०,०००—३०,००० |