करियरको नाम (Career Name)
जैविकचिकित्सा इन्जिनियर (Biomedical Engineer)
AL
(Primary Potential)
विवरण (Definition)
जैविकचिकित्सा वा बायोमेडिकल इन्जिनियरले कृत्रिम शारीरिक अङ्गहरूको निर्माण प्रविधिमा सुधार गर्ने, डायग्नोष्टिक विधिलाई सही (Accurate) बनाउन र औषधि उपभोग गर्न सहज बनाउने काम गर्ने व्यक्तिलाई जैविकचिकित्सा इन्जिनियर भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
-जैविक र व्यवहारजन्य डाटा (Biologial and behavioural data) को विद्युतीय,यान्त्रिक, वा अन्य इन्जिनियरिङ सिद्धान्तसँगको सम्बन्धको अनुसन्धान गर्ने
-यस प्रकारका जानकारीको उपयोग गरी कृत्रिम अङ्ग, कार्डियाक पेसमेकर, इमेजिङ उपकरण तथा यन्त्रहरू (जस्तै, एक्स रे मेसिन, सीटी स्क्यान मेसिन)को विकास गर्ने
-बायोमेडिकल उपकरणहरूको परिचय मेडिकल वा अन्य स्वास्थ्य सेवा प्रदायकहरूमा गराउने
-स्वास्थ्यसँग सम्बन्धित समस्याहरू समाधान गर्न कृत्रिम अङ्गदेखि चिकित्सकीय उपकरण आदिको डिजाइन तथा विकास गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
चिकित्सा क्षेत्रमा पविधिको विकाससँगै जैविकचिकित्सा इन्जिनियरको माग बढ्दो
विज्ञान र प्रविधिसँग काम गर्ने अवसर पाप्त
रोजगारीको अवसर पर्याप्त
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1) विकल्प २ (Option 2)
माध्यमिक शिक्षा परिक्षा जीवविज्ञानमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
१. जैविकचिकित्सामा डिप्लोमा (३ वर्षे) १. जैविकचिकित्सामा स्नातक
२. जैविकचिकित्सामा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | अस्पताल, रासायनिक उद्योग, अनुसन्धान संस्थान, शैक्षिक संस्थान, कुत्रिम अङ्ग निर्माण कम्पनी |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
जैविकतचिकित्सामा स्नातकोत्तर जेविकत्चिकित्स इन्जिनियर प्राध्यापक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. २५,००० - ३५,००० |