करियरको नाम (Career Name)
जैविक प्राविधिक (Biotechnologist)
AL
(Primary Potential)
विवरण (Definition)
जैविकपाविधिकले जीवविज्ञानका सिद्धान्तहरूलाई उद्योगहरूमा लागू गर्छन् |जैविक पाणीका कोश, मांसपेशीका तन्तृहरूका आनुवाशिक, रासायनिक र भौतिक विशेषताको अध्ययन गरी उक्त ज्ञानबाट विभिन्न औद्योगिक क्षेत्रमा उपयोग गरिने क्राहरू पत्ता लगाउने व्यक्तिलाई जैविकप्राविधिक भनिन्छ | जैविकप्रविधिमा नयाँ औषधि तथा खोपहरूको विकासका साथै वनस्पति र जीवजन्तुको क्रस-पजनन जस्ता कुराहरू पर्दछ ।
प्रमुख कार्यहरू (Major Tasks)
-प्रयोगशालामा विविध किसिमका परीक्षण कार्य गर्ने
-परीक्षण कार्यको लागि उपकरण, सामग्री तथा पदार्थहरूको तयारी तथा सरसफाइ गर्ने
-ब्याक्टेरिया, फंगस (fungus), मर्चा (yeast) जस्ता सृक्ष्मजीवाणुहरूको अध्ययन गर्ने
-बोटबिरुवा, जनावर र मानवको आनुवाशिक परिवर्तन (Genetic modification) बारे अध्ययन तथा अनुसन्धान गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
-रोजगारीको अवसर
-राष्टिय तथा अन्तर्राष्ट्य क्षेत्रमा बढ्दो माग
-विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्ने अवसर
-नयाँ औषधि, खोपहरूको विकास गर्ने अवसर
-वैज्ञानिकको रूपमा हेरिने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) जीवविज्ञानमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
१. जैविकपविधि (बायोटेक्तोलोजी) मा स्नातक |
|
कार्य क्षेत्र (Working Area) | रासायनिक उद्योग, औषधि उत्पादक उद्योग, मल उत्पादन केन्द्र, डायग्नोष्टिक केन्द्र, वातावरण संरक्षण निकाय, अनुसन्धान केन्द्र, विश्वविद्यालय |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
जैविकपरविधिमा स्नातकोत्तर वरिष्ठ जैविकप्राविधिक प्राध्यापक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 25,000 — 30 000 |