करियरको नाम (Career Name)
वृत्तिको नाम वातावरणविद् (Environment Specialist / Scientist)
AL
(Primary Potential)
विवरण (Definition)
वातावरणविद्ले वातावरणलाई असर गर्ने मानव क्रियाकलापबारे अध्ययन गर्छन् | वायु, जल तथा ध्वनि प्रदूषण, माटो प्रदूषण, जलवायू परिवर्तन, विषाक्त फोहारको व्यवस्थापन र प्राकृतिक स्रोतको विनाशको रोकथामसम्बन्धी छानबिन कार्य गर्ने व्यक्तिलाई वातावरणविद् भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-अवलोकन र नमूना संकलन विधिबाट TATE संकलन गर्ने
-ल्याब र फिल्डवर्कमा नमूनाहरू रेकर्ड गर्ने
-वातावरण विकाससँग सम्बन्धित शोधपत्र (Scientific Literatures) निरन्तर
समीक्षा (Review) गर्ने
-वातावरणको लागि राम्रो हुने अनुसन्धान विधि र प्रणालीहरूको विकास गर्ने
-वातावरणसँग सम्बन्धित डाटाको विश्लेषण गर्ने प्रभावकारी प्रणालीको
विकास गर्ने
-भइरहेका (Existing) अनुसन्धानका निष्कर्ष/परिणामलाई विभिन्न शोध
प्रकाशन मार्फत विभिन्न क्षेत्र/विज्ञ/जनमानसलाई अवगत गराउने
महत्व र फाइदाहरू (Importance and advantages)
-विकाससँगै भइरहेको विनासको न्यूनीकरणमा योगदान
-नसोचेका र नदेखिएका वातावरणसम्बन्धी हानिको खोज, अनुसन्धान गरी
समाधानका उपाय खोज्ने अवसर
-विभिन्न स्थानमा भ्रमणको अवसर
-रोजगारीको सम्भावना
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) विश्लेषणात्मक क्षमता (Analytical & Logical Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (AL))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) विज्ञान संकायमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
१. वातावरण विज्ञानमा स्नातक २. वातावरण विज्ञानमा स्नातकोत्तर |
|
कार्य क्षेत्र (Working Area) | सरकारी तथा गैरसरकारी संस्था र विभिन्न विकास एजेन्सी, शैक्षिक संस्था र अनुसन्धान केन्द्र, स्वास्थ्य केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
प्राध्यापक वरिष्ठ वातावरणविद् वातावरण सल्लाहकार अनुसन्धानकर्ता |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. 25000-35000 |