करियरको नाम (Career Name)
पत्रकार (Journalist)
L
(Primary Potential)
विवरण (Definition)
पत्रपत्रिका, टेलिभिजन, रेडियो र अन्य सञ्चार माध्यमबाट विभिन्न समाचार र सार्वजनिक मामिलाको छानबिन, व्याख्या, अनुसन्धान प्रकाशन र/वा प्रशारण गर्ने व्यक्तिलाई पत्रकार भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
- साक्षात्कार, अनुसन्धान र अवलोकनका माध्यमबाट स्थानीय, र्राष्टिय र अन्तर्राष्टिय समाचारहरू एकत्रित गर्ने
- समाचारपत्र र समयसापेक्ष प्रकाशन, रेडियो, टेलिभिजन वा अन्य प्रकाशनहरूमा संप्रेषित गर्न वा प्रसारण गर्नका लागि समाचार र समसामयिक घटनाहरूका टिपोट संकलन गर्ने, टिप्पणी गर्ने र प्रतिवेदन बनाउने (रिपोर्टिङ गर्ने)
- सार्वजनिक कार्यक्रममा भाग लिने, अभिलेख राख्ने, तथ्यहरू खोज्ने, समीक्षा गर्ने र लेख्ने
- प्राप्त समाचार तथा अन्य तथ्यहरू प्रमाणीकरणको लागि विश्लेषण गर्ने
- विशेष विषयमा विभिन्न लेख सामग्रीहरूको समीक्षा गरी सोको विश्लेषण र/वा संश्लेषण गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- राष्ट्रको चौथो अंगको रूपमा हेरिने प्रतिष्ठित पेशा
- विभिन्न घटनाहरूलाई नजिकबाट हैर्न पाइने
- विभिन्न कार्यहरूमा सहभागी
- जनसम्पर्क बढी हुने हुँदा विभिन्न व्यक्तिहरूसँग सम्बन्ध
- नेपालमा हाल थुप्रै सञ्चार माध्यमहरूको स्थापना भएकोले प्रशस्त अवसर
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प १ (Option 1): माध्यमिक शिक्षा परीक्षा विकल्प २ (Option 2): कुनै पनि विषयमा दश जोड दुई |
|
क्यारियर पथ (Career Path) |
विकल्प १ (Option 1): पत्रकारितामा डिप्लोमा (3 वर्षे) |
|
कार्य क्षेत्र (Working Area) | पत्रपत्रिका, वेबसाइट, रेडियो, टेलिभिजन, कलेज |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
विकल्प १ (Option 1): पत्रकारितामा स्नातक, अनि स्नातकोत्तर प्रशिक्षक
विकल्प २ (Option 2): पत्रकारितामा स्नातकोत्तर वरिष्ठ प्रत्रकार प्राध्यापक सम्पादक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. १५,००० देखि ३०,००० |