करियरको नाम (Career Name)
पुस्तकालय सन्चालक (Librarian)
L
(Primary Potential)
विवरण (Definition)
पारि भाषा पुस्तकहरू संग्रह गर्ने, अध्ययन स्थल व्यवस्थित गर्ने, पुस्तक वितरण कार्य सहज र व्यवस्थित गर्नको लागि विभिन्न प्रविधिको प्रयोग गर्ने, पुस्तकालयको सेवा गुणस्तरीय बनाउन त्यहाँको सेवाको संगठन, विकास तथा नियन्त्रण गर्ने र पाठकहरूको लागि समसामायिक जानकारी प्रदान गर्ने व्यक्तिलाई पुस्तकालय सञ्चालक भनिन्छ |
प्रमुख कार्यहरू (Major Tasks)
- पुस्तकको चयनको मापदण्डबारे जानकारी राख्ने
- आवधिक प्रकाशन, आवश्यक सामगी र उपकरणको बारेमा जानकारी राख्ने
- पुस्तकहरूको प्रक्रियागत रूपमा दर्ता गर्ने, विषयवस्तु अनुसार वर्गीकरण गरी हरेक पुस्तकलाई क्रमबद्ध रूपले नम्बर दिने
- हजारौं पुस्तकहरूमध्ये आवश्यक पुस्तक तुरुन्त प्राप्त गर्ने सकियोस् भन्नाका लागि पुस्तक तथा अध्ययन सामगीको उचित व्यवस्थापनको प्रविधि विकसित गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- पुस्तकबारेको ज्ञान बढ्ने
- विविध भाषा र विषयका पुस्तकमा कार्य गर्ने अवसर
- एउटै थलोमा काम
- विभिन्न व्यक्तिहरूसँगको सम्पर्क बढ्ने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) भाषिक क्षमता (Linguistic Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (L))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option): कनै विषयमा स्नातक उत्तीर्ण |
|
क्यारियर पथ (Career Path) |
१. लाइबेरी एण्ड इन्फरमेशन विज्ञानमा स्नातकोत्तर |
|
कार्य क्षेत्र (Working Area) | स्कूल, कलेज, निजी र सार्वजनिक पुस्तकालयहरू |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
वरिष्ठ पुस्तकालय सञ्चालक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. २०,००० देखि २५,००० |