करियरको नाम (Career Name)
आँखा सहायक (Ophthalmic Assistant)
P
(Primary Potential)
विवरण (Definition)
आँखा चिकित्सकको सुपरिवेक्षणमा रहेर आँखाको समस्या पत्ता लगाउन बिरामीको प्रारम्भिक लेखाजोखा गर्ने, आँखाको जाँच गर्ने, बिरामीलाई आँखाको उपचार विधिबारे बुझाउने व्यक्तिलाई आँखा सहायक भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
🞄 सेवाग्राहीहरूको जानकारी र अभिलेख संकलन गरेर राख्ने
🞄 आँखा चिकित्सासम्बन्धी औजार तथा उपकरणहरू सफा र व्यवस्थित राख्ने
🞄 आँखा चिकित्सकलाई आँखाको विशेष परीक्षण र सर्जरी जस्ता औपचारिक कार्यमा सहयोग गर्ने
🞄 सेवाग्राहीहरूको चिकित्सकसँग भेट्ने मिति र समयको व्यवस्था मिलाउने
🞄 सेवाग्राहीहरूलाई आँखा हेरचाह, चश्मा र कन्ट्याक्ट लेन्सबारे जानकारी दिने तथा त्योसम्बन्धी आवश्यक सहयोग गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
🞄 आँखाचिकित्सकसँग नजीक भई काम गर्ने अवसर
🞄 स्वास्थ्यकर्मीको रूपमा सम्मान
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) व्यक्तिगत क्षमता (Personal Potential)
द्वितीयक क्षमता (Secondary Potential) सामान्य शिक्षा र प्राविधिक शिक्षा (General Education and Technical Education (P))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option) |
|
क्यारियर पथ (Career Path) |
१. अप्थाल्मिक विज्ञानमा डिप्लोमा (३ वर्ष) |
|
कार्य क्षेत्र (Working Area) | आँखा अस्पताल, आँखा स्वास्थ्य केन्द्र |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
🞄 प्रशिक्षक |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रू. ८,००० —१७,००० |