करियरको नाम (Career Name)
फर्निचर मिस्त्री (Furniture Maker)
S
(Primary Potential)
विवरण (Definition)
काठबाट विभिन्न किसिमका फर्निचर तयार पार्ने मिस्त्रीलाई फर्निचर मिस्त्री भनिन्छ | फर्निचर मिस्त्रीले ग्राहकको मागबमोजिम आफ्नो कार्य निर्धारण गरेर काठको छनोट गर्ने, काठको सतह तयार पार्ने, फर्निचरका विभिन्न भाग तयार पारेर आवश्यक आकार दिन काठ काट्ने, छोट्याउने र जोड्ने, आदि काम गर्छन् |
प्रमुख कार्यहरू (Major Tasks)
-नाप्ने औजारको जानकारी लिने र प्रयोग गर्ने
काठको काममा चाहिने औजारहरूको धार तयारी अवस्थामा राख्ने, चिजल र
बसुलामा धार बनाउने विधि सिक्ने
-रुखका जात र काठबारे जानकारी राख्ने, नक्सा खिच्न चाहिने सामगीको जानकारी लिने र त्यो कामको अभ्यास गर्ने
-काठ गिँडने र चिर्ने विधि सिक्ने र अभ्यास गर्ने
-नापका इकाइ परिवर्तन र यसको अभ्यास गर्ने
-काठको छनोट गरी काठलाई सही नापमा काटने, छोट्याउने, प्यानल तथा
तारजाली फेममा जोडने तथा फर्निचरका विभिन्न भाग बनाउने
-फर्निचरका साधारण जोइन्ट जस्तै, बट जोइन्ट, क्रस हाफ ल्याप जोइन्ट,मिटर हाफ ल्याप जोइन्ट, टेनन मोर्टाइज जोइन्ट, खुला ढुकुरपुच्छे र बन्द ढुकुरपुच्छे जोइन्ट, डोएल्स जोइन्ट, ग्रुभ फिदर जोइन्ट आदि बनाई फर्निचरका विभिन्न भाग जोडने
महत्व र फाइदाहरू (Importance and advantages)
-निर्माण र आन्तरिक साजसज्जाको सचैतनासँगै काठको फर्निचरको बढ्दो
माग
-रोजगारीको अवसरमा वृद्धि
-स्वरोगारमा जान सकिने
-वर्षभरि नै माग भइरहने
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) स्थलगत क्षमता (Spatial Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (S))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option)
कक्षा ५ |
|
क्यारियर पथ (Career Path) |
१ फर्निचर मिस्त्रीको तालीम (३९० घण्टा) |
|
कार्य क्षेत्र (Working Area) | फर्निचर पसल, उद्योग, काठ कारखाना |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-कार्य अनुभव सहित ३ तहसम्मको सीप -प्रशिक्षक परीक्षणमा उत्तीर्ण भई सो अनुसारको कार्य
-फर्निचर उद्यमी -फर्निचरसम्बन्धी ठेकेदार |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु १५,०००-२५,००० |