करियरको नाम (Career Name)
कुखुरापालक (Poultry Farm Worker)
PM
(Primary Potential)
विवरण (Definition)
कुखुराको खोर व्यवस्थापन, अन्डा तथा चल्ला व्यवस्थापन, कुखुरामा लाग्ने रोगहरूको रोकथाम र पोल्ट्री क्षेत्रको सरसफाई राख्ने काम गर्ने व्यक्तिलाई कुखुरापालक भनिन्छ ।
प्रमुख कार्यहरू (Major Tasks)
-गुणस्तरको मासु र अण्डाको व्यवस्थापन गर्ने
- कुखुरापालनका औजार, उपकरण र सामग्रीहरू प्रयोग गर्ने
- कुखुरापालनको योजना तयार गर्ने
- कुखुरा पाल्नका लागि बनाइएको सेड व्यवस्थापन गर्ने
- खोर आदिको सरसफाई गर्ने
- कुखुराका सुरक्षाका उपायहरू अपनाउने
- कुखुराको हेरचाह गर्ने, दानापानीको व्यवस्था गर्ने, सम्भावित रोगको
रोकथाम गर्ने
- फार्मका उत्पादन बिक्री गर्न सहयोग गर्ने
महत्व र फाइदाहरू (Importance and advantages)
- रोजगारीको प्रबल सम्भावना
- बजारमा कुखुराको अण्डा र मासुको अत्याधिक माग
- आफ्नै घर खेतको स्रोत साधनबाट काम शुरू गर्न सकिन
सम्भावित (Potential)
प्राथमिक क्षमता (Primary Potential) शारीरिक-यान्त्रिक क्षमता (Physical Mechanical Potential)
द्वितीयक क्षमता (Secondary Potential) व्यावसायिक तालिम (Vocational Traininng (PM))
वाञ्छनीय योग्यता (Eligibility) | विकल्प (Option )
कक्षा ८ |
|
क्यारियर पथ (Career Path) |
१. कुखुरापालनसम्बन्धी तह १ (३९० घण्टा)को तालीम |
|
कार्य क्षेत्र (Working Area) | कुखुरा फार्म |
|
क्यारियर विकास पथ (Career Developmment Path) |
-कुखुरापालनसम्बन्धी तह २ को तालीम लिएर सो अनुसारको काम - कुखुरापालक प्रशिक्षक - कुखुरा व्यवसायी |
|
प्रारम्भिक मासिक आय (Initial Monthly Income) | रु २५,०००-३०,००० |